site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा श्वासप्रश्वाससम्बन्धी प्रकोप, डब्ल्यूएचओले माग्यो जानकारी 

काठमाडौं । चीनमा श्वासप्रश्वाससम्बन्धी रोगको नयाँ प्रकोप फैलिएको छ । चीनले कोभिड–१९ को महामारीका कारण अपनाएका स्वास्थ्यसम्बन्धी प्रतिबन्धका मापदण्ड यस वर्ष मात्रै हटाएको थियो ।

तीन वर्षअघि आएको महामारीसँग जुधेको चीनमा श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिएको बताइएको छ । 

पत्ता नलागेको यस्ता बिरामीको संख्या असामान्य रूपले बढेसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रकोपबारे थप विवरण मागेको छ । अधिकारीले लकडाउन हटाएका कारण पनि संक्रमण बढेको हुनसक्ने आशंका गरेका छन् ।

Dabur Nepal
NIC Asia

नोभेम्बर १३ मा चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले पत्रकार सम्मेलनमा श्वासप्रश्वाससम्बन्धी रोग बढेको बताएको थियो ।

नयाँ रोगहरूको निगरानी गर्ने कार्यक्रम (प्रोएमईडी)ले उत्तरी चीनमा बालबालिकामा थाहा हुन बाँकी एक किसिमको निमोनिया देखिएको बताएको छ ।

बेइजिङ र देशको उत्तरपूर्वी सहर लिओनिङमा पनि संक्रमण फैलिएको बताइएको छ ।

यसबीच डब्ल्यूएचओले चीनलाई बुधबार हालैको प्रकोपबारे प्रयोगशालामा गरिएको परीक्षणलगायत जानकारी सार्वजनिक गर्न आग्रह गरेको हो ।

कति बिरामी पुगे भन्ने विवरण नभए पनि बेइजिङको एक प्रमुख अस्पतालमा दैनिक एक हजार २०० बिरामी आपतकालीन कक्षमा आइरहेको बताइएको छ ।

संक्रमणका कारण विद्यालयमा विद्यार्थी नआउँदा एक हप्ता बिदा दिने स्थिति बनिरहेको अधिकारीहरूले बताएका छन् । 

संक्रमण १८ वर्ष मुनिका बालबालिका, वृद्ध र गर्भवती लगायतमा बढ्नसक्ने चिन्ता स्वास्थ्य अधिकारीहरूको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro