site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोपा अमेरिका–२०२४ पछि सन्यास लिने डी मारियाको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले आगामी वर्ष हुने कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३५ वर्षीय डी मारियाले बिहीबार सामाजिक सञ्जालमार्फत कोपा अमेरिका–२०२४ पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । 

उनले सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा अर्जेन्टिनाबाट ओलम्पिकमा स्वर्ण पदक, कोपा अमेरिका र फिफा विश्वकपको उपाधि जितेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“आउँदो कोपा अमेरिका मैले अर्जेन्टिनाबाट जर्सी लाएर खेलेको अन्तिम प्रतियोगिता हुनेछ,” डी मारियाले इन्स्टाग्राममा लेखेका छन् । अर्जेन्टिनाले विश्वकप, ओलम्पिक स्वर्ण र कोपा अमेरिकाको उपाधि जित्दा डी मारियाले तीनवटै प्रतियोगिताको फाइनलमा गोल गरेका थिए । यसैकारण अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले डी मारियाले अर्जेन्टिनी कप्तान लियोनल मेसी, म्याराडोना र मारियो केम्पसको जस्तै सम्मानका लागि योग्य रहेको बताएका थिए ।

डी मारिया हाल पोर्चुगिज क्लब बेन्फिकाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement