site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आजदेखि एमाले सकियो, यो जुनीमा ओली प्रधानमन्त्री हुँदैनन् : दुर्गा प्रसाईं

काठमाडौं । गणतन्त्रको विरोधमा उत्रिएका दुर्गा प्रसाईंले आजदेखि एमाले सकिएको बताएका छन् ।

आज बल्खुमा गरिएको प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नहुने पनि ठोकुवा गरे ।

"यो जुनीमा केपी ओली प्रधानमन्त्री नै हुँदैनन् । केपी ओलीको पार्टी नै सकियो आजदेखि, धेरै फुरफुर गर्दादेखि । मैले भने नि, टाइटानिक गलत ठाउँमा आएर ठोक्कियो, अब डुब्ने क्रम सुरु भयो । लेखेर राख्नुहोस्," प्रसाईं भन्छन् ।

उनले आफू मुक्तिको आन्दोलमा लागेको समेत जिकिर गरे । उनले आफूलाई कुनै प्रकारको लोभ नभएकाले आफू अब नरोकिने बताए 

Global Ime bank

"संसारमा नि सबै मान्छे बिक्छन्, दुर्गा प्रसाईं बिक्दैन । किनभने मलाई पैसाको आवश्यकता छैन । मैले पैसा पनि देखेको छु, सम्पत्ति पनि देखेँ, गाडी पनि देखेको छु । सबै देखेको छु," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu