site stats
बाह्रखरी :: Baahrakhari
खेल
बेलायतमा पूर्वधावक लामा सम्मानित

काठमाडौं । पूर्वधावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।

समाजका अध्यक्ष टेकवीर राईले लामालाई चार हजार ४०७ पाउन्ड (सात लाख ३५ हजार ३५२ रुपैयाँ) नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा १२औँ गीतिमय साँझबाट संकलित रकममध्येबाट खर्च कटाएर बचेको रकम सम्मान स्वरुप लामालाई प्रदान गरिएको हो ।

लामाले सम्मान वापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथालय, वृद्धाश्रम र अपांग केन्द्रलाई पनि सहयोग गर्ने बताए । यसअघि पनि उनले जुम्लाका धावकहररूलाई टिसर्ट र खेल सामाग्री सहयोग गरेका थिए ।

लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको पाँच हजार मिटर दौडमा क्रमशः छैटौँ र १०औँ स्थान हासिल गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu