अर्थ व्यवसाय

काठमाडौं । नेपालले पछिल्लो चार महिनामा विभिन्न देशबाट एक हजार ९९ किलो सुन आयात गरेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा नेपालले सुन आयात गरेको हो ।
उक्त सुन नेपालले ९ अर्ब दुई करोड ६ लाख ४० हजार रुपैयाँमा आयात गरेको विभागले जनाएको छ ।
बितेको चार महिनामा नेपालले युनाइटेड अबर इमिरेट्स (यूएई)बाट मात्र आठ अर्ब ३८ करोड ८४ लाख आठ हजार रुपैयाँको सुन आयात गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १५:३३
प्रतिक्रिया दिनुहोस्