राजनीति

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रदर्शनका लागि कार्यकर्ताहरू तीनकुनेमा भेला हुन थालेका छन् ।
विभिन्न ठाउँबाट आएको र्याली तीनकुने आइरहेका छन् । युवासंघका प्रवक्ता निरज पौडेलका अनुसार तीनकुनेमा नै सम्बोधन हुनेछ ।
युवा संघले अहिले मञ्च बनाइरहेको छ । र्यालीमा ‘भ्रष्ट सरकार राजीनामा दे...’ लगायत नारा लगाइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १२:३५
प्रतिक्रिया दिनुहोस्