राजनीति
काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौंमा मसाल जुलुस निकालेका छन् ।
बुधुबार साँझ एमाले निकट दुई संगठनले काठमाडौंकाे सुन्धारा, कलंकी, बालाजु, गाैशाला, काेटेश्वरसहित ४४ स्थानमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।
युवा संघको नेतृत्वमा भोलि काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ । त्यसको पूर्व सन्ध्यामा उनीहरूले मसाल जुलुस निकालेका हुन् ।
भोलि नै दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० २०:१७
प्रतिक्रिया दिनुहोस्