site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सम्झौता नवीकरणको पक्षमा मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेस 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेस अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सम्झौता नवीकरण गर्ने पक्षमा देखिएका छन् ।

मंगलबार फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा यमनसँगको खेलपछि अल्बर्टो एनेसले सम्झौता नवीकरणको इच्छा व्यक्त गरेका हुन् । एनेस गत फागुनमा नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा आएका थिए । 

एन्फाले एनेसलाई एक वर्षको सम्झौतासहित नेपाली टिमको जिम्मेवारी सुम्पिएको थियो । अब एन्फा र एनेसबीचको सम्झौता सकिन तीन महिनामात्र बाँकी छ । अल्बर्टो एनेससँग यूईएफए प्रो प्रशिक्षक लाइसेन्स छ ।

“म यहाँ बस्न मन पराउँछु । सर्वप्रथम म नेपालीलाई माया गर्छु । उनीहरू असल छन् । मैले यहाँ निकै राम्रो महसुस गरिरहेको छु । टिमसँग पनि सहज भइरहेको छ । हामीले खेल हार्यौ । तर, प्राविधिक रूपमा हेर्ने हो भने हामीले केही सकारात्मक कुराहरू पाउन सक्छौँ,” एनेसले भने ।

खेलमा यमनसँग नेपाल २–० ले पराजित भएको थियो । खेलप्रति प्रतिक्रिया दिँदै एनेसले टिमबाट आफूले यस्तो प्रदर्शनको अपेक्षा नराखेको बताए ।

“पक्कै पनि मैले मेरो टिमबाट यस्तो प्रदर्शनको आशा गरेको थिइन । यसप्रकारको खेलका लागि ९० मिनेटसम्म नै खेल्न सक्ने खेलाडी चाहिन्छ । हाम्रो टिमको धेरै खेलाडी चोटिल थिए । हामी शारीरिक रूपमा पनि उनीहरूभन्दा पछि रह्यौं । यसबाहेक, हामीले राम्रो खेल्न पनि सकेनौं । लामो बल धेरै खेल्यौं । हामीले रक्षापंक्तीबाट खेल्न सकेनौं । दोस्रो हाफमा हामीले वान अन वानमा गोल गर्न नसक्नु दुःखद थियो । सायद त्यो भएको भए खेल अर्कै हुन्थ्यो ।”

छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको नेपाल तालिका पुछारमा छ । पहिलो जित निकालेको यमन तीन अंकसहित तेस्रो स्थानमा छ । छनोटमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै यूएई, यमन र बहराइन छन् ।

त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro