site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली नोटसहित दुई महिला काठमाडौंबाट पक्राउ
प्रतीकारात्मक तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नक्कली नेपाली नोटसहित दुई महिला काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७, कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे छन् ।

Agni Group

सिर्जनाको साथबाट एक हजार दरको १४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७, कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu