site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘कुनै पनि खेलमा एक लाख ३० हजार दर्शकलाई स्तब्ध बनाउनुजस्तो अनुभव अरु हुँदैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगभग एक लाख ३० हजार दर्शक एउटै साझा लक्ष्यसहित मैदान वरिपरी थिए । आइतबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी रंगशाला आकाशझै निलो थियो ।

सम्भवतः कुनै पनि खेलको फाइनलमा उपस्थित यो नै अहिलेसम्मकै ठूलो दर्शक संख्या हो । नहुन पनि कसरी, घरमै आयोजित आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलियाविरुद्ध खेल्दै थियो भारत ।

तर, आइतबार भएको फाइनल घरेलु टिमको पक्षमा रहेन । ४३औँ ओभरका अन्तिम बलमा ग्लेन म्याक्सवेलले दुई रन लिँदा मैदान स्तब्ध थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

Australia3-1700478385.png

“कुनै पनि खेलमा एक लाख ३० हजार दर्शकलाई स्तब्ध बनाउनुजस्तो आनन्दको अनुभव अरु हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही हुनेछ,” फाइनलको पूर्वसन्ध्यामा अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले दिएको प्रतिक्रिया थियो यो । फाइनलमा कुमिन्सले आफ्नो प्रतिक्रियालाई वास्तवमै पुष्टि गरे ।

Global Ime bank

अस्ट्रेलियाले जितका लागि पाएको २४१ रनको लक्ष्य सात ओभर बाँकी छँदै भेट्टायो । अझ ६ विकेट अस्ट्रेलियाको साथमै थियो ।

यो जितसँगै कुमिन्स अस्ट्रेलियाको महान् क्रिकेट कप्तानको सूचीमा उक्लिए । अस्ट्रेलियन क्रिकेटले विगतमा यस्तो उपाधिको अनुभव नलिएको होइन । तर, विश्व टेस्ट च्याम्पियनसिप, इंग्ल्यान्डमै भएको एसेसमा बराबरी र अहिले विश्वकपको उपाधि । यी सबै कुमिन्सको ६ महिनाको कप्तानी कार्यकालमा अस्ट्रेलियाले पाएको सफलता हुन् ।

भलै यो जितमा ट्राभिस हेडको शतकीय इनिङले समाचारका हेडलाइन भरिएलान् । २४१ रन पछ्याउँदा १२० बलमा १३७ रनको इनिङ नै अस्ट्रेलियाको जित आधार थियो । तर, कुमिन्सको कप्तानीबाट अस्ट्रेलियाले खेलको लय आफूतिर तानेको भन्नेमा सायदै दुईमत होला ।

खेलको सुरुमै कुमिन्सले चतुर कप्तानीको प्रमाण दिए । अस्ट्रेलियाले टस जित्दा कुमिन्सले सबैलाई चकित पार्दै पहिले फिल्डिङ गर्ने निर्णय लिए । कुमिन्सको यो निर्णय भारतको चाहनाअनुरुप थियो । अर्थात, फाइनलमा भारत पहिले ब्याटिङ नै गर्न चाहन्थ्यो । तर, कुमिन्स आफ्नो रणनीतिमा पूर्ण विश्वस्त थिए ।

Australia1-1700478378.png

एक एन्डबाट मिचेल स्टार्क र अर्कोबाट ग्लेन म्याक्सवेललाई पहिलो र एडम जाम्पालाई दोस्रो ओभर । कुमिन्सको यो रणनीतिले विश्वकपमै सबैभन्दा बलियो देखिएको भारतको ब्याटिङ लाइनअपलाई खुल्नै दिएन ।

ब्याटिङमा भारतको सुरुआत आक्रामक थियो । तर, ११ देखि ५० ओभरमा घरेलु टिमका ब्याटरले तीन चौकामात्र प्रहार गर्न सके । अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले यो अवधिमा प्रहार गरेको सबैभन्दा कम बाउन्ड्री थियो । भारतबाट कप्तान रोहित शर्माले तीन छक्का लगाउनुबाहेक अन्यले बललाई बाउन्ड्री बाहिर पुर्‍याउन सकेनन् ।

विराट कोहली, मैदानमा उपस्थित र लाखौं भारतीय समर्थकले लगाउने निलो जर्सी पछाडि यिनै ब्याटरको नाम हुन्छ । विश्व क्रिकेटमा फरक ब्रान्ड बनेका कोहलीले फाइनलमा भारतको स्कोरबोर्डलाई न्याय गरे । ६३ बल खेलेका कोहली ५४ रनमा अस्ट्रेलियन कप्तान कुमिन्सबाटै आउट हुँदा नरेन्द्र मोदी रंगशालामा सन्नाटा बेग्लै थियो ।

यही सन्नाटामा कप्तान कुमिन्स आफ्नो दुई हात फैल्याउँदै खुसीयाली मनाउन दौडिए । उनले शनिबारको प्रि–म्याच प्रेस कन्फेरेन्समा दिएको प्रतिक्रियाको वास्तविक माहोल बनेको थियो, नरेन्द्र मोदी रंगशालामा ।

Australia4-1700478383.png

लक्ष्य पछ्याउँदा अस्ट्रेलियाले सुरुको पाँच ओभर समाप्त नहुँदै दुई विकेट गुमायो । पहिलो पावर प्लेमा तीन विकेट गुमाउँदा रंगशालामा बाजागाजाको आवाज चर्किदै थियो । तर, हेड र मार्नुस लाबुसचेज्नेको साझेदारी जमेपछि १२ वर्षपछि च्याम्पियन बन्ने भारतको सपना त्यसै तुहियो ।

“एकदिवसीय विश्वकपको उपाधि जित्नु भनेको अन्तर्राष्ट्रिय क्रिकेटको शिखरमा पुग्नु हो,” उपाधिपछि आफ्ना सहकर्मी डे«सिङ रुममा खुसीयाली मनाइरहँदा कप्तान कुमिन्सले भने, “विशेषगरी यी समर्थकमाझ भारतमा । यो मौका चार वर्षमा एकपटक मात्र आउँछ । विश्वकपका लागि विश्वभरको क्रिकेट रोकिन्छ । त्यसकारण योभन्दा उत्कृष्ट अरु केही हुनै सक्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय