site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा प्राविधिकसहित पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने
फाइल तस्बिर।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीका तर्फबाट प्रभावकारी हुने गरी स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेसले एकजना प्राविधिक ज्ञान भएको दक्ष व्यक्तिसहित १० जनाका दरले २५ समूह परिचालन गर्ने निर्णय गरेको छ । महामन्त्रीद्वयले गरेको बिफ्रिङअनुसार त्यहाँ गएर खाने बस्ने व्यवस्था गर्न कठिन हुने भएकाले प्रत्यक समूहले आफ्ना लागि खानेकुरा समेत लगेर आफै बस्ने व्यवस्था गरी बढीमा पाँच दिन त्यहाँ काम गर्नेछन् ।

Agni Group

“त्यहाँ बस्ने र खाने व्यवस्थापन आफैले गरेर अस्थायी निवास निर्माणमा काम गर्नुपर्ने आवश्यक रहेको महामन्त्रीबाट बिफ्रिङ भयो,” प्रचार विभाग प्रमुख विश्वकर्माले बाह्रखरीसँग भने, “त्यसैले एकजना प्राविधिक ज्ञान भएको व्यक्तिसमेत राखेर १० जनाको समूह बनाएर २५ वटा समूह पहिलो चरणमा खटाउने निर्णय भएको छ । ती स्वयंसेवकले सुत्केरी, बुढाबुढी भएका परिवारलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण गर्नेछन् ।”

उनले स्थानीयस्तरमा परिचालन गर्ने स्वयंसेवक समेत नभएकाले आसपासका क्षेत्रबाट पठाउने जानकारी दिए ।

Global Ime bank

महामन्त्री गगन थापाले सुत्केरी, वृद्धवृद्धा र बिरामी भएका परिवारमा तत्काल अस्थायी आवास निर्माण गरेर सार्न नसके चिसोका कारण मृत्यु बढ्ने अवस्था रहेको बताएका थिए । महामन्त्री थापाले सरकारले अस्थायी आवास निर्माणका लागि घोषणा गरेको ५० हजार राहत समेत नपुग्दा पीडितहरुले थप पीडा बेहोरिरहेको भन्दै राहत रकम पनि तत्काल जिल्ला दैवीप्रकोप राहत कोषमा जम्मा गरेर स्थानीय तहका जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका थिए ।

बैठकमा पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाको भ्रमणबाट फर्किएका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्रिफिङ गरेका थिए ।

सभापति देउवाले स्वयंसेवक परिचालनका लागि निर्देशिकासमेत दिएर पठाउनुपर्ने भन्दै आवश्यक छलफल गरी स्वयंसेवकलाई ‘फिल्डमा पठाउन’ निर्देशन दिएका छन् । त्यसका लागि भोलि नै बैठक बसेर आवश्यक तयारी पूरा गरी केही दिनभित्रै स्वयंसेवक परिचालनको व्यवस्था मिलाउन लागिएको विश्वकर्माले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu