site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Nabil BankNabil Bank
डिश होम बाह्रखरी कथा प्रतियोगिताको पहिलो चरणमा ५५ कथा छनोट (सूचीसहित)
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाँचौ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८०’ मा प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा ५५ कथाहरू छनोटमा परेका छन् । 

बाह्रखरीको आन्तरिक छनोट समितिले प्राप्त कथाहरूमध्ये ५५ वटा कथा चयन गरेको हो । छानएिका ५५ कथाहरूमध्येबाट प्रा.डा. सावित्री कक्षपतीको संयोजकत्वमा कथाकार महेशविक्रम शाह र उपन्यासकार सुविन भट्टराई सम्मिलित निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ ।

आन्तरिक छनोट समितिका अनुसारसामान्यतः प्रथम चरणमा ५० कथा छानिने भए पनि यस वर्ष प्राथमिक छनोटमा समान अंक पाएका थप पाँच कथा अन्तिम चरणको छनोटका लागि समावेश गरिएको हो ।  

Agni Group

बाह्रखरी कथा लेखन प्रतियोगितका लागि छनोटमा परेका ५५ कथाकारहरूमा अनिल कुर्मी, अमृत दाहाल, अमृता पाठक चौलागाईं, अनामिका, अनिता कोइराला, अनिता पन्थी, अञ्जान प्रदीप, वसन्तबायुङ राई, भरतबहादुर रानाभाट, विकास दाहाल, विजय हितान, विक्रम नेपाल, दीपक लोहनी, ढाकामोहन बराल, दिव्य गिरी, डिल्लीरमण पौडेल, दिनमान गुर्मछान, डा. श्रीधर खनालका कथा रहेका छन् । 

त्यस्तै हिरा लामा, जे.एन. दाहाल, जे.बी. खत्री, जीवन खत्री, के.एस.जी. गाउँले विरोही, कृष्णराज खनाल, क्षितिज मगर, महेश चौलागाईं, मनोजबाबु पन्त, मेघु श्रेष्ठ, मोहित जोशी, निर्मल घिमिरे, निर्जला अधिकारी, प्रमोद प्याकुरेल, प्रोल्लास सिन्धुलीय, आर.सी. रिजाल, रबर्ट जोशी, राधिका कल्पित, राजेन्द्र अधिकारी, राजेश सुवेदी, रमा अधिकारी कादम्बरी, रमा सुवेदी, रमेशजंग थापा, रुमु न्यौपाने, समर्पण श्री, सञ्जय घिमिरे, शंकर धिताल, शोभा लामिछाने, शारदा खनाल पराजुली, शिव उप्रेती, समीर न्यौपाने, सोमनाथ दाहाल, सुरज श्रीवास्तव, तैँ तैँ धिताल, टंक चौलागाईं, त्रिभुवनचन्द्र वाग्ले र उमा शर्माका कथा परेका छन् ।    

Global Ime bank

डिश होम बाह्रखरी कथा लेखन प्रतियोगितको पाँचौ संस्करणका लागि गत भदौ ३१ गते कथाकारहरूबाट कथा आह्वान गरिएको थियो । प्रतियोगिताका लागि विश्वभरिबाट ८४३ कथा प्राप्त भएका थिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरू झैँ क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । 

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक पनि प्रकाशित हुने बाह्रखरीले घोषणा गरिसकेको छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । 

गत वर्ष झैँ यस पटक पनि पाँच अग्रज अतिथि कथाकारहरू भाउपन्थी, भागीरथी श्रेष्ठ, सीता पाण्डे, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा उत्कृष्ट कथामा समावेस गरिने छ ।

कथा प्रतियोगिताको नतिजा २०८० पुसको पहिलो साता एक विशेष समारोहबीच काठमाडौंमा सार्वजनिक गरिनेछ ।

बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिश होम (डिश मिडिया नेटवर्क लि.) ले गरेको छ भने एसोसिएट पार्टनर नेपाल टेलिकम रहेको छ । 

त्यस्तै प्रतियोगिताको प्रकाशन पार्टनर फाइन प्रिन्ट रहेको छ भने प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल आयल निगम लिमिटेड रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu