site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंसिर ७ मा युवा संघ र दुर्गा प्रसाईंको आन्दोलन के का लागि ? एकठाउँ हुन नदिने प्रहरी तयारी 

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमाले यही मंसिर ७ गते आन्दोलनको तयारीमा छ ।  भ्रातृ संगठन युवा संघ नेपालले भ्रष्टाचार र अनियमितता, राज्यको अकर्मण्यता, सामाजिक सद्भाव भड्काउनेविरुद्ध गर्न लागेको आन्दोलनको स्वामित्व दलले लिइसकेको छ ।
 
शनिबार जनसंगठनको विशेष भेलामा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलले सम्बोधन गर्दै युवा संघको आन्दोलनलाई पार्टीले स्वामित्व लिएको सन्देश दिएका छन् । 

अध्यक्ष ओलीले निषेधित क्षेत्र नतोडी आन्दोलनमा सहभागी हुन पनि निर्देशन दिए । 

युवासंघ सडकमा किन ? 

KFC Island Ad
Dabur Nepal
NIC Asia

युवासंघले कार्यक्रम राखेकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि काठमाडौंमा नै जनप्रदर्शन गर्दैछन् ।  युवासंघ र प्रसाईंको आन्दोलन किन जुधाइयो भन्ने प्रश्नमा सामाजिक सञ्जालमा विविध विश्लेषण भइरहेका छन् । 

युवा संघका अध्यक्ष क्षितिज थेबे आफूहरुको कार्यक्रम पूर्वनिर्धारित भएको जिकिर गर्दै प्रसाईंले नै कार्यक्रम जुधाएको आरोप लगाउँछन् ।

“हामीले धेरै अघि कार्यक्रम राखेका हौं । हामीसँग अरुले कार्यक्रम जुधाएर विभिन्न प्रश्नहरु आउन थाले । हामी जिम्मेवारी पार्टी संगठन हो । हामीसँग लड्न सक्ने शक्ति जन्मिएका छैनन् । सामाजिक सञ्जालको चर्चा मात्रै हो । राष्ट्रिय युवासंघ नेपाललाई ठाडो रुपमा हेर्न शक्ति छैनन्,” उनी भन्छन् । 

सरकारको अकर्मण्यता, मूल्यवृद्धि, व्यवस्था विरोधीहरुका विरुद्ध प्रदर्शन गर्न लागिएको उनले बताए । 

“राज्यको अकर्मण्यता, अराजकता, मूल्यवृद्धिलगायतका विषयमा हामीले अब पनि जनतालाई सचेत गराउनुपर्छ । राज्य लगभग फेलिएर ठाउँमा पुगिसक्यो । अब पनि सचेत गराउन सकेनौं भने त नेपाली जनताको बलिदानबाट प्राप्त व्यवस्थामाथि नै प्रहार हुने भयो । यसका लागि सचेत हुनुपर्छ,” उनले बाह्रखरीसँग भने, “यो सरकराले कुनै राम्रो काम गरेको छ त ? नराम्रोमा राम्रो खोज्नुपर्ने स्थिति छ । मूल्यवृद्धि बढेको बढ्यै छ । अर्थतन्त्रको अवस्था हेर्दा देश डामाडोलमा पुगेको छ । कृषिमा आत्मनिर्भरता हुनुपर्नेमा उत्पादन घटिरहेको छ । अब पनि सचेत युवा विद्यार्थी उठिएन भने देश सरकारका कारण फेलियर हुन्छ ।”

उनले जनतामा अनास्था पैदा हुन दिन नहुने र आत्मबल बढाउनका लागि आफूहले प्रदर्शन गरिरहेको बताए । उनका अनुसार माइतीघर मण्डलाबाट वानेश्वसम्म शान्तिपूर्ण विरोध प्रदर्शन हुनेछ । 

“माइतीघर मण्डलाबाट वानेश्वरसम्म प्रदर्शन गर्छाैं । हामी शान्तिपूर्ण प्रदर्शन गर्छौं । अराजक बन्दैनौं । महँगी, भ्रष्टाचार विरुद्ध, न्यायको पक्षमा, सुशासन, संविधानको रक्षाका लागि शान्तिपूर्ण विरोध प्रदर्शन हो,” उनी भन्छन्, “हामी विरुद्ध केही योजना बनाउँछन् भने उनीहरु नै सचेत हुन्छन् ।”

युवासंघले उपत्यकाका तीन जिल्लामा युवा परिचालन गरेको छ । काठमाडौैं नजिक रहेका जिल्लाहरुबाट पनि युवाहरु प्रदर्शनमा सहभागी हुने जनाएको छ । कोही अभियान्ताका नाममा युवासंघको प्रदर्शनसँग जोडेर चर्चा बढाउने उद्देश्यले आएका विषयमा आफूहरुले वास्ता नगर्ने थेबेले बताए । 

एमालेका पोलिट्ब्यूरो सदस्य महेश बस्नेत पनि कार्यक्रम आफूहरुले नजुधाएको दाबी गर्छन् । 

“७ गतेको कार्यक्रम अरु कसैको कार्यक्रमसँग जुधाउने उद्देश्यले राखिएको होइन । दुई महिनाअघि नै राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी लेबलको बैठकले टुंग्याएको कार्यक्रम हो । ७ गतेको कार्यक्रम हाम्रो कार्यक्रमसँग जुधाउन अरु कसैले राखेको हो,” आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बस्नेतले जिकिर गरे । 

उनले ०६२–६३ को आन्दोलनपछि राजनीतिक हक अधिकार प्राप्तिको चरण सकियो भन्ने उद्घोष गरिए पनि त्यसमा पुनर्विचार गर्ने बेला आएको बताए । राजनीतिक दल गठबन्धन बनाएर राष्ट्रियतालाई कमजोर बनाउन लागेको आरोप बस्नेतले लगाए । 

“हामीले ०६२–६३ को आन्दोलनपछि राजनीतिक हक अधिकार प्राप्तिका चरण सकिए । अब समृद्धिको चरणमा गयौं । आन्दोलन, हड्ताल, चक्काजाम गर्दैनौं भन्यौं । अब राजनीतिक दलले समृद्धिको अभियानको नेतृत्त्व गर्छन् भन्ने हाम्रो अपेक्षा थियो,” बस्नेतले भने, “तर, राजनीतिक दलहरु विभिन्न गठबन्धन बनाएर राष्ट्रियतालाई कमजोर बनाउन लागेका छन् । राष्ट्रिय अखण्डतालाई तोड्न लागेका छन् । सामाजिक सद्भाव विथोल्ने कुरामा भूमिका खेलिरहेका छन् ।”

जताजतै बेथिति बढेकाले दिनप्रतिदिन मुलुक कमजोर बन्दै गएको उनी बताउँछन् । 

“धार्मिक सहिष्णुता बिथोल्न खोजिरहेका छन् । अर्थतन्त्र चौपट पारेका छन् । भ्रष्टाचार गरिरहेका छन् । महँगी दिनप्रतिदिन बढिरहेको छ । सुनलगायतका तस्करी व्यापक रुपमा बढिरहेको छ । निर्माण व्यवसायीहरु पीडामा छन्,” बस्नेत भन्छन्, “सहकारी पीडित छन् । उद्योग क्षेत्र समस्याग्रस्त छ । सेयर मार्केटवाला पीडित छन् ।”

उनले मंसिर ७ गतेको आन्दोलन व्यवस्थामाथि संकट उत्पन्न गराउनेहरुका विरुद्ध पनि भएको बताए । 

“अब राजनीतिक हक प्राप्तिका आन्दोलन सकियो भन्ने निष्कर्षमा पुनर्विचार गर्दै अब व्यवस्थामाथि संकट उत्पन्न गराउने तत्व, संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने तत्व र मरेर गएको राजतन्त्रलाई बचाउन सकिन्छ भन्ने तत्वहरु बोकेर जुन ढंगले एमालेका विरुद्ध आइरहेका छन्,” बस्नेतले भने,“ त्यसका विरुद्ध एमालेले सशक्त ढंगले प्रतिरोध गर्नुपर्छ भन्ने कोणमा हामी पुगेका छौं । त्यही उद्देश्य हो ।”

के हो प्रसाईंको आन्दोलन ?

व्यवसायी प्रसाईंले अराजनैतिक र भ्रष्ट नीतिको विरोधका लागि आन्दोलन गर्न लागेको जनाएका छन् । 

प्रसाईंले आज जारी गरेको सार्वजनिक अपीलमा व्यवस्था नबदलेसम्म अवस्था बदलिँदैन भन्ने निष्कर्षसहित २० बुँदे राजनैतिक तथा सामाजिक मुद्दाहरुलाई लिएर प्रदर्शन गर्न लागिएको उल्लेख छ । 

उनले आफूहरुको कार्यक्रममा सहभागिता जनाउन व्यापारी, उद्योगपति, मजदुर, यातायात व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, सेना, प्रहरी, विद्यार्थी, शिक्षक, विभिन्न राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

उनले जारी गरेको अपीलमा आन्दोलनलाई दबाउन दमन गर्दै संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको घाँटी निचोर्ने दुस्प्रयाससमेत हुने देखिएकाले मानव अधिकारवादी र विदेशस्थित कूटनैतिक नियोगका अधिकारीलाई पनि आन्दोलनको अनुगमन गरिदिन भनेका छन् ।

दुर्गा प्रसाईंले गर्ने भनिएको आन्दोलन र एमालेको युवासँगको कार्यक्रममा अप्रिय घटना हुन नदिन प्रहरीले आवश्यक तयारी गरेको छ । निमित्त प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले प्रहरीले आवश्यक तयारी गरेको बताए । 

“कार्यक्रमलाई शान्तिपूर्ण रुपमा गराउन हामीले सम्बन्धित नेताहरुसँग पनि छलफल गरिरहेका छौं । अझै केही समय छ । दुवै समूहले एकै ठाउँमा कार्यक्रम गर्ने भन्ने छ । त्यो हुन दिँदैनौ,” एसएसपी कार्कीले भने । 

सकेसम्म जिल्ला प्रशासन कार्यालयले युवासँघको कार्यक्रमलाई माइतीघर मण्डलामा गर्न दिएर प्रसाईंको कार्यक्रमलाइ अर्कै ठाउँमा गर्न लगाउने तयारी छ । युवासँघको कार्यक्रमको नेतृत्व एमाले नेता महेश बस्नेतले गरिरहेका छन् । प्रसाईं र बस्नेत दुवै पछिल्लो समय सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro