site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
डा. सुवेदी र भट्टराई सम्मानित

काठमाडौं । साहित्यिक सम्मान संगमले यो वर्षको ‘ग्वंगः सिरपा सम्मान’ प्रसिद्ध साहित्यकारहरू प्रा. डा. अभि सुवेदी र प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरेको छ । दुवै स्रष्टालाई सम्मानपत्रका साथ जनही ५० हजार पाँच रुपैयाँ नगद राशिको थैली पनि दिइयो ।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा सो संगमका संस्थापक वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले दुवै स्रष्टालाई सम्मानपत्र प्रदान गरे । ग्वंगःले दुवै सर्जकको चर्चा गर्दै आफूले निबन्ध लेख्न सुरु गर्दाको समय स्मरण गरे ।

Dabur Nepal
NIC Asia

डा. सुवेदी र डा. भट्टराईले निबन्ध लेखनको कठिनाइ र आवश्यक साधनाको चर्चा गरे । समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले दुवै सम्मानित स्रष्टाका बारेमा बोलेका थिए ।

साहित्यकार ग्वंगःले प्राप्त गरेका पुरस्कारहरूको रकमलाई एक ठाउँमा राख्दै अक्षयकोषका रूपमा विकसित गरी सम्मानको थालनी गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro