site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंको प्रदर्शनलक्षित ओलीको टिप्पणी– तिनले काठमाडौं फोहोर गर्ने मात्र हुन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते काठमाडौंमा आयोजित प्रदर्शनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताए ।

शनिबार च्यासलमा पार्टीको जनसंगठन संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले प्रतिक्रियावादी शक्तिले देशभरका मान्छेलाई काठमाडौंमा उतार्ने काम जोडतोडका साथ अघि बढाए पनि त्यसले यहाँ फोहोर पार्नेबाहेक अरू केही गर्न नसक्ने टिप्पणी गरे ।

देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका निम्ति आफूहरूले पनि मंसिर ७ गते युवा–विद्यार्थीको प्रदर्शन गर्न लागिएको उनले जानकारी गराए । उनले सो प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न युवा–विद्यार्थीहरूलाई निर्देशन पनि दिए ।

देशमा बेथितिको कारक सरकार र सत्ता गठबन्धन भएको भन्दै उनले त्यसलाई सच्याउन आफूहरूले प्रदर्शनको आह्वान गरेको बताए ।

“...७ गते म सुन्दै छु– एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् देशभरबाट, व्यक्ति वा मानिसहरू उतार्नका लागि । काठमाडौंमा मानिसहरू उतार्नका लागि उनीहरू लागेका छन् । ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, तिनले काठमाडौं फोहोर गर्ने मात्रै हुन् । अरू केही हुनेवाला छैन,” ओलीले भने, “...लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीका भाषा बोल्न चाहन्छु । लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोडिदिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण ढंगले झार्छौँ हामी, झारिदिन्छौँ । त्यो कुरा सबैले बुझ्नुपर्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro