site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बालसाहित्यकार मानन्धरको निधनप्रति दुःख व्यक्त
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली बालसाहित्यका अग्रज साधक शान्तदास मानन्धरको दुःखद निधनले बालवाङ्मय तथा अनुसन्धान केन्द्र मर्माहत भएको केन्द्रले जनाएको छ । साहित्यकार मानन्धरको यही कात्तिक २८ गते निधन भएको हो । 

केन्द्रका अध्यक्ष बालसाहित्यकार अनन्त वाग्लेले विज्ञप्ति जारी गर्दै नेपाली बालसाहित्यमा लेखन, पुस्तक प्रकाशन, सम्पादन, बालपत्रिका प्रकाशन, सिर्जनात्मक लेखन प्रशिक्षण, कथावाचन लगायतका माध्यमबाट मानन्धरले विशेष योगदान पुर्‍याएको उल्लेख गरेका छन् । 

Agni Group

बालसाहित्यमा दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका मानन्धरले २०३८ सालदेखि बालकोसेली पत्रिका प्रकाशन गर्दै आएका थिए । उनले कोसेली छापाखाना सञ्चालन गरी प्रकाशन उद्योगमा पनि योगदान दिएको विज्ञप्तिमा उल्लेख छ । 

वि.सं. १९९१ साल जेठ ८ मा काठमाडौंको झोँछेमा जन्मिएका मानन्धरको ‘राम्रो नराम्रो’, ‘कथाकोसेली (भाग ६ सम्म)’, ‘कमिलाले सुनाएको मुसाको दुलोको कथा’, ‘हजुरआमाले सुनाएको भूकम्पको कथा’, ‘म जोकर बन्छु’ लगायतका बालसाहित्य प्रकाशित रहेको विज्ञप्तिमा उल्लेख छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu