site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएई राम्रो टोली हो तर डराएका छैनौं : मुख्य प्रशिक्षक अल्बर्टो एनेस

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले नेपाल नडराई खेल्ने बताएका छन् ।

नेपालले समूह ‘एच’ मा घरेलु टोली यूएईविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल राति साढे ९ बजे दुबईमा सुरु हुनेछ । समूह ‘एच’ मा नेपाल र यूएईसँगै बहराइन र यमन छन् । हाल यूएई फिफा वरियताको ६९औँ स्थानमा छ । नेपाल १७३औँ स्थानमा छ ।

Dabur Nepal
NIC Asia

यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

यूएईसँगको खेलअघि नेपाली प्रमुख प्रशिक्षक अल्बर्टो एनेसले यूएई राम्रो टिम भए पनि नेपालको तयारी राम्रो रहेको बताए ।

"यूएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौँ । हाम्रो टोलीमा युवा खेलाडीहरूको बाहुल्यता छ । त्यसैले यो टोलीमा जोश छ । प्रशिक्षकको रूपमा मेरो टोलीले धेरै बलिया टोलीहरूसँग खेलेको अनुभव छ । त्यसैले बलिया टोलीहरूको स्तरबाट अनुभव लिएका छौँ । यूएई पनि राम्रो टोली हो तर डराएका छैनौं । म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रूपमा लिन्छु । म उत्साहित पनि छु की यूएईको नाम चलेको पोर्चुगीज प्रशिक्षकसँग मैदानमा आमने सामने हुँदै छु भनेर । भोलि हामी आफ्नो खेलमा गम्भीर हुनेछौँ र उत्कृष्ट प्रदर्शन गर्नेछौँ," एनेसले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro