site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौंको भिन्तुना र्‍यालीमा दराजको झन्डा भेट्टाउने प्रतियोगिता

काठमाडौं । नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवतको अवसरमा काठमाडौं उपत्यकामा र्‍यालीमा सहभागिता जनाएको छ ।

र्‍यालीको प्रयोजक दराजले गरेको थियो । कार्यक्रममा प्रयोग भएका गाडीदेखि लिएर मोटरसाइकल चालकहरूले बोकेको झन्डासम्ममा दराजको लोगो र नाम देख्न सकिन्थ्यो ।

Dabur Nepal
NIC Asia

दराजका पदाधिकारीहरुले पनि सहभागिता जनाएका उत्तः र्‍यालीमा विभिन्न कलाकार, अभियन्ता, तथा नेताहरूको उपस्थिति देख्न सकिन्थ्यो ।

र्‍यालीमा उपस्थित दराजका साझेदारी प्रबन्धक, अमुल वैद्य भन्छन्, “हरेक वर्ष मनाइने न्यूँदया भिन्तुना नेवा समुदायको मात्र नभएर समग्र राष्ट्रको संस्कृति हो । यस्तो राष्ट्रिय संस्कृतिसँग जोडिन पाउँदा हामी एकदमै खुसी छौँ र आगामी वर्षहरूमा पनि यस्तै सहकार्य गर्ने अपेक्षा राखेका छौँ । दराजको ११.११ सेल चलिरहेको समयमा, यो र्‍यालीमा हाम्रो सहभागिताले हाम्रो संस्कृतिलाई पनि योग्दान हुने र हाम्रो सेललाई तथ प्रभावकारी बनाउने हाम्रो विश्वास छ ।”

र्‍यालीका लागि दराज नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट राख्दै ‘स्पट द फ्ल्याग’ नामक प्रतियोगिताको घोषणा गरेको थियो जहाँ र्‍यालीमा प्रयोग भएको दराजको झन्डाको फोटो खिचेर कमेन्ट गर्ने केही भाग्यशाली विजेताहरूले ५०० रुपैयाँसम्मको छुट भाउचर पाउने बताइएको छ ।

प्रतियोगिताको विजेता धोषणा मंसिर १ गते शुक्रबार हुनेछ । कार्तिक २५ गतेदेखि चलेको दराज ११.११ सेल मंसिर ६ गतेसम्म चल्ने छ । जहाँ ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका दश लाखभन्दा धेरै प्रोडक्टहरूमा सात करोडसम्मको छुट पाउनेछन् ।

यो सेलमा मेगा भाउचरमा १० हजारसम्मको छुट, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गीभअवेअन्तर्गत ११ भाग्यशाली विजेताले सीजी ब्राण्डको वासिङ मेसिन जित्ने मौका पनि समावेश छ ।

साथै, बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम दुई हजारसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम २५ सयको छुट प्राप्त गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro