site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच लघुवित्तको २९ करोडको एफपीओ ‘पाइपलाइन’मा

काठमाडौं । मर्जरमा गएका लघुवित्तहरूले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्ने क्रम जारी छ । केही समयअघि मिर्मिरे लघुवित्त र उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासन गरिसकेका छन् ।

अहिले पनि नेपाल धितोपत्र बोर्डमा पाँच लघुवित्त एफपीओ निष्कासनको अनुमतिको पर्खाइमा छन् । एफपीओ अनुमतिको पर्खाइमा सूर्योदय वमी लघुवित्त, महुली लघुवित्त, नयाँ सारथी, समता घरेलु र किसान लघुवित्त छन् । 

यी लघुवित्तले २९ करोड चार लाख ३९ हजार २८४ रुपैयाँ बराबरको २८ लाख ५१ हजार ६४९ कित्ता थप सेयर निष्कासन गर्ने छन् । एफपीओ निष्कासनका लागि सूर्याेदय वोमीले २०८० भदौ १८ गते, महुलीले २०८० भदौ २४ गते, नयाँ सारथीले २०७८ भदौ ९ गते, समता घरेलुले २०७८ चैत २९ गते र किसान लघुवित्तले २०७८ असार २९ गते बोर्डमा निवेदन दिएका छन् ।

नयाँ सारथी लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ निष्कासन गर्ने अनुमति मागेको छ । यो लघुवित्तले तीन लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्ने अनुमति मागको छ । सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाले १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

सूर्योदय लघुवित्तले ४६ हजार ७३० कित्ता, महुली लघुवित्तले चार लाख ७५ हजार ४४९ कित्ता र समता घरेलु लघुवित्तले तीन लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro