site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिकटकमा प्रतिबन्धबारे ३० वटा संस्थाले भने– अत्यन्तै असामयिक र निरंकुश निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको विरोधमा विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् । सोमबार साँझ एक प्रेस वक्तव्यमार्फत विभिन्न ३० वटा संघसंस्थाका प्रतिनिधिले टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उलङ्घन भएको बताएका छन् । 

"मन्त्रिपरिषद्को यो निर्णय अत्यन्तै असामयिक र निरंकुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष हाम्रो छ," प्रेस वक्तव्यमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दृष्टिकोण साझा गर्ने र विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने सरकारको नियत देखिएको उनीहरूको ठहर छ । "यसबाहेक, यस्तो प्रतिबन्धले सामग्री सिर्जनाकर्ताहरू र साना तथा मझौला उद्यमहरूको आर्थिक अवसरहरूमा प्रतिकूल असर पारी उनीहरूको व्यावसायिक स्थायित्वमा गम्भीर जोखिम पर्ने देखिन्छ," उनीहरूले भनेका छन् । 

उनीहरूले निर्णयमा पुनर्विचार गर्न र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिकरूपमा संरक्षित अधिकारलाई हनन नगर्न आग्रह गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement