site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीसहित २८ जना घाइते, चारजनामा ५० प्रतिशतसम्म जलन 

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् । जसमा प्रहरीसहित स्थानीय छन् । 

दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी भएको मोरङका प्रहरी डीएसपी रञ्जन दाहालले बताए । 

“घाइते हुनेमा चारजना प्रहरीसहित २८ जना हुनुहुन्छ । प्रहरी सहायक नीरिक्षकसहित चार प्रहरी कर्मचारी घाइते हुनुहुन्छ,” डीएसपी दाहालले बाह्रखरीसँग भने, “घाइते २८ जनाकै उपचार भइरहेको छ ।” 

घाइतेमध्ये १२ जनाको झापाको विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज र बाँकीको विराट नर्सिङहोमलगायत मोरङका तीनवटा अस्पतालमा उपचार भइरहेको छ । 

“घाइते हुने चारजनाको शरीरमा ४५ देखि ५० प्रतिशत जलन छ । बाँकीमा २० देखि २५ प्रतिशत जलन भएको चिकित्कबाट जानकारी प्राप्त भएको छ,” डीएसपी दाहालले भने । 

आगलागी लक्ष्मिपूजा गर्दा बालेको बत्तीबाट भयो अथवा विद्युत् सर्ट भएर भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro