site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारमा साँझ ८ देखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार पर्व सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगर प्रहरीले तिहारलाई भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ देखि राति १ बजेसम्म गस्ती गर्ने जानकारी गराइएको छ ।

शान्ति सुरक्षाका निम्ति तिहारमा राति १ बजेसम्म आफूहरूले गस्ती गर्ने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । देउसीभैलोको समयमा राति १ बजेसम्म गस्ती गरिने उनको भनाइ छ ।

शान्तिपूर्वक खेलिने देउसीभैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने उनले स्पष्ट पारे ।

उनले मखमली, सयपत्रीलगायत नेपाली किसानले उत्पादन गरेका फूल बिक्री गर्न महानगरभित्र सहजीकरण गरिने पनि बताए । भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा फूल बिक्रीका निम्ति महानगरले सहजीकरण गर्ने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro