site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएई जाने नेपाली टिमको बिदाइ, तीन नयाँ अनुहार समेट्दै टिमको घोषणा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

शुक्रबार नेपाली टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगै अन्य एन्फा पदाधिकारीहरूले बिदाइ गरेका हुन् ।

छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बहराइन, यमन र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक ३० गते यूएईसँग उसैको मैदानमा खेल्नेछ । 

यूएईसँगको खेलपछि नेपालले मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसँग दोश्रो खेल खेल्नेछ । नेपालले बहराइनसँग भने आगामी वर्ष खेल्नेछ । 

छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा पनि गरेका छन् । नेपाली टिममा तीन नयाँ अनुहारले स्थान बनाउँदा नियमित सदस्य अनन्त तामाङ भने चोटका कारण बाहिरिएका छन् । नेपाली टिममा रक्षक योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

यसअघि नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्र २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको हो ।

नेपाली टिम :

गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

रक्षक : सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक बिष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लाकेन लिम्बू, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड : अन्जन बिष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव बिष्ट, राजेश परियार

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro