site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन जिल्लाका धार्मिक क्षेत्र जोड्ने पदयात्राको शुभारम्भ

विराटनगर । सुनसरीको चतराधामबाट १५ दिने धार्मिक पदयात्रा शुभारम्भ भएको छ । बराहक्षेत्र नगरपालिका–१ स्थित कुम्भस्थलमा शुक्रबार एक कार्यक्रमबीच कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की र जगत गुरु बालसन्तले पदयात्रा शुभारम्भ गरेका हुन् ।

चतराधामको धार्मिक प्रबर्द्धन र पर्यटन विकासका लागि यो अभियान सकारात्मक हुने मुख्यमन्त्री कार्कीले बताए । उनले भने, “सबै धर्मको प्रबर्द्धन र संरक्षण राज्यको दायित्व हो । धार्मिक गतिविधिलाई पर्यटनसँग जोड्नुपर्छ ।” 

पदयात्राले उदयपुर, धनकुटा र सुनसरीका धार्मिक क्षेत्रको परिक्रमा गर्ने जगतगुरु बालसन्तले जानकारी दिए ।

पदयात्रा सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारे, कोसी नदी किनारको कोसोप्पा गङ्गा, मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवती क्षेत्र पुग्ने छ । 

त्यसपछि त्रिवेणीधाम, सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्ति धाम, बेलहरा, साँगुरीगढी, नमस्ते झरना हुँदै कार्कीछाप–भेडेटार हुँदै पदयात्रा धरान आउने छ । बालसन्तका अनुसार भारतको वृन्दावनमा जस्तै यहाँसमेत विभिन्न धार्मिक क्षेत्र जोडेर परिक्रमा आरम्भ गरिएको बताए ।

पदयात्राले शिवजट्टाधाम–वसुधाराधाम, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर, तरहरा–इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरूपेश्वर महादेव मन्दिर, रामधुनीधाम, रामपुरा, मानपुर सिगिंयाको परिक्रमा गर्ने छ । सुनसरीको प्रकाशपुर, राजाबास, सालबनी, शक्ररुद्र तीर्थ, बराह भगवानको गर्भ गृहको दर्शन गरी समापन हुने छ ।

चतरामा चैत २७ गतेदेखि वैशाख २७ अक्षय तृतीयासम्म पूर्ण महाकुम्भ आयोजना हुँदै छ । यसैलाई लक्ष्य गरी पदयात्रा शुभारम्भ गरिएको जगतगुरु बालसन्तले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro