site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा शोधनान्तर स्थिति बचत अमेरिकी डलर ६५ करोड ५४ लाखले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को असोज मसान्तसम्म शोधनान्तर स्थिति अमेरिकी डलर ७४ करोड ७२ लाखले बचतमा छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति बचत अमेरिकी डलर ६५ करोड ५४ लाखले बढेको हो ।

Dabur Nepal
NIC Asia

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति बचत अमेरिकी डलर नौ करोड १८ लाखले बचतमा थियो ।

शोधनान्तर स्थिति भन्नाले के बुझिन्छ ?
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ ।

शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro