site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
असोजको मुद्रास्फीति ७.५० प्रतिशत, मौद्रिक नीतिको लक्ष्यभन्दा बढी

काठमाडौं । असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ७.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीति घटेको हो ।

गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५० प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, लक्ष्यभन्दा मुद्राफीति बढी नै छ ।

Dabur Nepal
NIC Asia

असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२, फलपूmलको १४.०२, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ र दूग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । 

समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६१ प्रतिशतले घटेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro