site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ग्यालेक्सी एस२३ एफई : अल्टिमेट फ्यान एडिसन नेपालमा आउने

काठमाडौं । ग्यालेक्सी एस२३ सिरिजको अपार सफलतापछि सामसङ नेपालले फ्यान एडिसन–नयाँ ग्यालेक्सी एस२३ एफई बजारमा ल्याउने भएको छ । यो फोन नेपाली बजारमा ल्याउन सम्पूर्ण तयारी पूरा गरेको कम्पनीले जानकारी दिएको छ ।

ग्यालेक्सी एस२३ सिरिज विश्वव्यापी रूपमा नै लोकप्रिय भइ उपभोक्ताहरूको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको जनाएको छ । 

ग्यालेक्सीका प्रशंसकहरूले देखाएको अभिरुची र प्रेरणाबाट उत्साहित हुँदै सामसङ इलेक्ट्रोनिक्सले आफ्नो एस२३ सिरिजका फोनको विशेषताहरूलाई कायम राख्दै अत्यन्त सुलभ मूल्यदरको नयाँ ग्यालेक्सी एस२३ एफई विश्व बजारमा ल्याइसकेको छ ।

ग्यालेक्सी एस२३ एफई, एस२३ सिरिजकै एक्सटेन्सन हो, जसमा ग्यालेक्सीका प्रशंसकहरूले मन पराएका मुख्य विशेषताहरूलाई सुलभ मूल्यका साथ एउटा एपिक स्मार्टफोनमा समाविष्ट गरिएको छ । 

फ्लाग्शिप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो नयाँ एफई अत्यन्तै उपयुक्त हुनेछ ।

नयाँ एस२३ एफईमा भएको सर्वोत्कृष्ट कार्य क्षमताहरूले ग्यालेक्सी प्रयोगकर्ताहरूलाई उनीहरूको क्रिएटिभिटी र प्रडक्टिभिटी अझ बढाउन मद्दत गर्नेछ । ग्यालेक्सी एस२३ एफई आउँदो डिसेम्बरमा नेपाली बजारमा प्रवेश गरेर तहल्का मच्चाउन तम्तयार रहेको छ । यो मोबाइलको प्री–अर्डर देशभरका सामसङ स्टोरहरूबाट नोभेम्बरको अन्तिम साताबाट खुला हुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro