site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख
प्रतीकात्मक तस्बिर
Tiktok banner adTiktok banner ad

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । 

नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।  

“यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पुर्याउँछ”, नगरप्रमुख भामले भने, “यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ ।”   रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro