site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१८ देशका ६३ बैंकका सीईओहरूको काठमाडौंमा सम्मेलन

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र एसियन बैंकर्स एसोसिएसन (एबीए)ले काठमाडौंमा आयोजना गरेको एसियाली बैंकर्सहरूको सम्मेलन ‘एबीए कन्फ्रेन्स’को आयोजना गरेको छ ।

आजदेखि सुरु भएको सम्मेलनमा १८ देशबाट ६३ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपस्थित छन् । आज (बिहीबार)बाट सुरू भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

सम्मेलनमा नेपाली बैंकिङ क्षेत्रमा नयाँ बहस सुरू भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । यो सम्मेलनमा अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा देखिएका चुनौती र सम्भावनाको बारेमा छलफल हुने बताए ।

सम्मेलनले नेपाली बैंकहरूले विदेशमा लगानी गर्न सक्षम भएको बहस छेडिएको केसीले बताए ।  

“यो सम्मेलनले नेपाली बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी रहेको बहस अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको छ,” उनले भने, “यो नेपाली बैंकिङ क्षेत्रका लागि खुसीको कुरा हो ।”

नेपालको बैंकिङ क्षेत्र अन्तर्राट्रिय बजारमा प्रवेश गर्न सक्षम रहेको उनको भनाइ छ । उनका अनुसार नेपाली बैंकर्सहरूले विदेशका विभिन्न बैंकमा काम गर्न सफल भएको भन्दै त्यसले पनि नेपालको बैंकिङ व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गरेको केसीको भनाइ छ ।

एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष यूजीन एस एसेभेडोले नेपाली बैंैकको खराब कर्जाको स्थिति एसियाली बैंकहरूको तुलनामा कम रहेको बताए । यसले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको पनि उनको भनाइ छ ।

“नेपालको अहिलेको खराब कर्जाको स्थिति हेर्दा एसियाली बैंकहरूको तुलनामा न्यून नै देखियो । यो राम्रो पक्ष हो,” उनले भने ।

नेपाल राष्ट्र बैंकको नीतिका कारण नेपालको बैंकिङ क्षेत्र अन्य देशको तुलनामा सुरक्षित रहेको गभर्नर महाप्रसाद अधिकारीले बताए । जनतामा बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनले पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

“नेपाली बैंकको स्थिति अहिले जुन ठाउँमा छ । त्यसमा हाम्रा नीति र नियमको प्रभाव हो । यसमा महत्वपूर्ण भूमिका मर्जर र एक्विजिसनसम्बन्धी नीतिको छ,” उनले भने, “नेपाल बैंकहरू अब ठूला पूर्वाधारमा लगानी गर्न सक्षम हुँदै गएका छन् ।”

शुक्रबारसम्म चल्ने सम्मेलनमा बैंकिङ क्षेत्रका समस्या, चुनौती र समाधानमा अपनाउनु पर्ने विधिका विषयमा पनि छलफल हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro