राजनीति
काठमाडौं । नेकपा (एमाले)ले भूकम्प प्रभावित क्षेत्रमा एक हजार युवा खटाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको सचिवालय बैठकले आउँदो मंसिर १ गतेदेखि अस्थायी आवास निर्माण गर्न एक हजार युवा खटाउने निर्णय गरेको हो ।
सो अवधिमा एक करोड मूल्यभन्दा बढी श्रम गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।
गत शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा १६ हजार ५२० घर पूर्ण रूपमा ध्वस्त भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १६:११
प्रतिक्रिया दिनुहोस्