site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्याक्सवेलको ‘असाधारण’ इनिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल मंगलबार एकदिवसीय विश्वकपको एकै खेलमा दुई पक्षसँग लडिरहेका थिए । एक थियो, मांसपेशीको चर्को दुखाइ र अर्को अफगानिस्तान । 

निकै असहज परिस्थितिका बावजुद अफगानिस्तानलाई हराउन उनले ‘असाधारण’ दोहोरो शतक बनाए । अंग्रेजीको एक पंक्ति ‘वान म्यान आर्मी’लाई अफगानिस्तानविरुद्ध वास्तवमै पुष्टि गरिरहेका थिए, म्याक्सवेलले ।

तर, पनि म्याक्सवेलका लागि भने यो ‘उत्कृष्ट रमाइलो’ थियो । मंगलबार भारतको मुम्बईमा अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध तीन विकेटको अप्रत्यासित जित निकाल्यो । जसमा नायक बनेका थिए, ग्लेन म्याक्सवेल । 

Prabhu Bank
Agni Group
NIC Asia

max-1699429006.png

अस्ट्रेलियालाई जितसम्म डोहोर्‍याउन उनी एक्लैले १२८ बलमा अविजित २०१ रन बनाए । उनको यो प्रदर्शनमा २१ चौका र १० छक्का समावेश छ । यही जितपछि अस्ट्रेलियाले लिग चरणको अन्तिम खेलअगावै विश्वकपको अन्तिम चारमा स्थान निश्चित गर्‍यो । 

Global Ime bank

“यो निकै उत्कृष्ट रमाइलो थियो । म र प्याट्टी (कुमिन्स) त्यहाँ रमाइलो गरिरहेको छौँ भन्ने जस्तोमात्रै महसुस भइरहेको थियो,” ९१–७ को कठिन अवस्थामा ब्याटिङका लागि आएका कप्तान प्याट कुमिन्ससँगको अविजित साझेदारीबारे म्याक्सवेलले भने ।

“धेरैजसो समय हामीले मजाक गर्दै एक–अर्कालाई शान्त बनाइराखेका थियौं । हामीले आफ्नो अवस्थालाई राम्रो र उज्यालो बनाउन खोजिरहेका थियौं । यो राम्रो अवस्था त थिएन । तर, हामी एक अर्कालाई सकेसम्म शान्त बनाउन खोजिरहेका थियौं,” म्याक्सवेल थप्छन् ।

म्याक्सवेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाबाट दोहोरो शतक बनाउने पहिलो ब्याटर बने । उनले लक्ष्य पछ्याउने क्रममा २०० रन बनाउने पहिलो ब्याटरको कीर्तिमान पनि आफ्नै नाममा लेखाए ।

म्याक्सवेल एकदिवसीय विश्वकपको इतिहासमा दोहोरो शतक बनाउने तेस्रो ब्याटर बने । यसअघि सन् २०१५ को विश्वकपमा दोहोरो शतक बनाएका वेस्ट इन्डिजका ब्याटर क्रिस गेल र सोही संस्करणमा न्युजिल्यान्डका मार्टिन गप्टिलसँगै म्याक्सवेल यो सूचीमा उक्लिए । त्यसबेला गेलले जिम्बाब्वेविरुद्ध र गप्टिलले वेस्ट इन्डिजविरुद्ध दोहोरो शतक बनाएका थिए ।

कप्तान कुमिन्सले म्याक्सवेलको यो प्रदर्शनलाई ‘सर्वोत्कृष्ट एकदिवसीय इनिङ्स’ को संज्ञा दिए । जसमा इंग्ल्यान्डका पूर्वकप्तान माइकल वोउघम र अस्ट्रेलिया पूर्व‘मास्टर ब्लास्टर’ एडम गिलक्रिस्ट पनि सहमत छन् । भारतका पूर्वअलराउन्डर तथा क्रिकेट विश्लेषक इरफान पठान त योभन्दा अझ एक कदम अघि पुगे । उनले सामाजिक सञ्जालमा म्याक्सवेलको यो प्रदर्शनलाई ‘सेतो बलको सबैभन्दा उत्कृष्ट इनिङ’ भएको लेखेका छन् ।

१४७ रनका दौरान एक रन लिन दौडिँदा मांशपेसी खिचावको कारण म्याक्सवेल मैदानमै लडेपछि स्थिति अन्योल बनेको थियो । उनको दुवै खुट्टाको मांशपेसीमा समस्या देखिएको थियो । 

maxwell-1699429005.png

त्यसबेला उनलाई मैदान बाहिर राखेर उपचार गर्ने र पछि फिर्ता ल्याउनेसम्मको छलफल चलेको थियो । तर, मेडिकल स्टाफले क्रिजमा फर्कन सिँढीबाट तल आउन असम्भव सावित हुन सक्ने चेतावनी दिएपछि कप्तान कुमिन्स यो निर्णयबाट पछि हटे । 

म्याक्सवेल जितका लागि लडिरहे । त्यसपछि आफूलाई सकेसम्म आराममा राखेका उनले दौडिएर रन लिन खास ध्यान दिएनन् । आफ्नो क्षेत्रमा आएको बललाई सिमा रेखाबाहिर पुर्‍याउनेमा केन्द्रित भए ।

“त्यसले मेरो कामलाई केही सहज बनायो,” उनले भने, “यो हामीले गरेको स्वार्थी काम नभइ योजनाअनुरुप थियो ।”

मेलबर्नका उत्पादन ३५ वर्षीय म्याक्सवेलले आफ्नो करियरका दौरान केही उत्कृष्ट प्रदर्शन दिएका छन् । तर, जारी विश्वकपमा भने ‘पिक म्याक्सवेल’ देखिएको छ ।

एन्कल इन्जुरीलाई जितेर आएका उनले विश्वकपको सुरुआती खेलहरूमा दोस्रो स्पिनरको भूमिका निभाए । त्यसपछि नेदरल्यान्ड्सविरुद्ध कीर्तिमानी ब्याटिङ गर्दै ४० बलमै शतक बनाए । विश्वकपमा यो नै अहिलेसम्मको सबैभन्दा छिटो शतक हो । 

maxi-1699429004.png

गल्फ कार्टबाट लड्दा घाइते भएपछि उनले इंग्ल्यान्डविरुद्धको खेल गुमाए । त्यसपछि मात्रै उनी अफगानिस्तानविरुद्ध खेलमा फर्किएका हुन् । अफगानिस्तानविरुद्ध चोटसँग जुधे पनि म्याक्सवेलले हाँस्दै आफ्नो परिवार भारत आएपछि यो नाटकीय स्थिति आएको बताए ।

“केही हप्ता केही अनौठो रह्यो । सेमिफाइनलमा प्रवेश गर्नु उत्कृष्ट अनुभव हो । आशा छ, हामी अझ केही दिन पुनेमा रमाउने छौँ,” उनले भने, “तर, म गल्फ कार्टभन्दा पर बस्नेछु ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय