site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोेटमा नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने

काठमाडौं । विश्वकप छनोटको  समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो । 

Dabur Nepal
NIC Asia

त्यसअघि दोस्रो चरणको पहिलो खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ । 

यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मूल्य साधारण प्यारापिटतर्फको टिकट मूल्य ४०० रुपैयाँ र भीआईपी प्यारापिटतर्फको टिकट मूल्य एक हजार रुपैयाँ निर्धारण गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

टिकट एन्फा आफैँले व्यवस्थापन गरी बिक्रीवितरण गरिने उनले बताए । खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । 

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रुपैयाँ रहेको प्रवक्ता शाहले जानकारी दिए । 

खेलको तयारीका लागि मुख्य प्रशिषक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २६ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । नेपालले पहिलो चरणमा लाओसलाई दुई लेगको म्याचमा हराउँदै दोस्रो चरण प्रवेश गरेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro