site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

जाजरकोट भूकम्पपीडितका लागि सहायता दिनेहरूको सङ्ख्या बढ्दो भए पनि पीडितहरूले नपाएको गुनासो सुनिन थालेको छ । यसमाथि सरकारको कथित ‘एकद्वार’ प्रणालीको हौवाले स्वयंसेवी संघसंस्था र व्यक्तिहरू हच्किन सक्छन् । 

जाजरकोट र रुकुम (पश्चिम) का केही गाउँका पीडितहरूले सहयोग नपाएको गुनासो गरेका छन् । अरू कतिपय पीडितहरूको आवाज सञ्चार माध्यमसम्म आई नै नपुगेको  हुनसक्छ । सरकारी संयन्त्रका भरमा मात्र सबैलाई सहयोग पुग्न सक्तैन ।

गोरखा भूकम्पका बेला सरकारले ‘एकद्वार’ नभनुन्जेल धेरै स्वयंसेवीले पीडितहरूसम्म सहायता पुर्याएका थिए । एकद्वार भन्दै प्रमुख जिल्ला अधिकारीहरूले नियन्त्रण सुरु गरेपछि एकातिर चामल कुहिने र अर्कातिर पीडितले खान नपाउने हुनथाल्यो ।

नपाउनुपर्ने कसैले पाउँदा बरु खासै ठूलो नोक्सानी हुँदैन तर पाउनुपर्नेले बेलामा नपाए ज्यानै जानसक्ने अवस्था उत्पन्न हुनसक्छ । यसैले खानेकुरा, लुगाफाटो र अस्थायी आवास वितरण गर्न चाहने कसैलाई कुनै पनि बहानामा रोक्नु उचित हुँदैन ।

अस्थायी टहरा बनाएर किसानहरूले आफ्नो बाली भित्र्याउने र पशुपंक्षीको हेरचाह गर्ने व्यवस्था मिलाउन थालेपछि स्थानीय तहले एकद्वार प्रणाली अपनाए हुन्छ । यद्यपि,  त्यति बेला पनि स्थानीय स्तरकै व्यवस्थापन प्रभावकारी हुनेछ । 

गोरखा भूकम्पका बेलाभन्दा अहिले सहायता वितरण पक्कै सजिलो र प्रभावकारी पनि हुनसक्छ । अहिले गाउँमा निर्वाचित जनप्रतिनिधि र वडा कार्यालय पनि भएकाले सहायता वितरणमा खासै कठिनाइ नहुनुपर्ने हो । 

भारत र चीनबाट ठूलो मात्रामा सहायता सामग्री आइपुगेका छन् । तिनको वितरणमा सरकारी निकायले एकद्वार प्रणाली अपनाए हुन्छ । यस्तै अरू सरकारमार्फत आउने राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगमा पनि सरकारले समन्वय र सहजीकरण गर्नु उपयुक्त नै  हुन्छ । 

नेपाली सामाजिक संघसंस्थाले आफ्ना पहलमा जुटाएका सामग्री वितरण गर्न भाँजो हाल्ने काम गर्नु बुद्धिमानी हुँदैन । अर्थात्, ‘एकद्वार’ का नाममा सहायता वितरण कार्य नियन्त्रण गर्ने बेला भएको छैन । राजनीतिक नेतृत्वले मनन गरोस् !
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro