site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गण्डकीको भौतिक मन्त्रालयले २७ हजार तिर्न नसकेपछि काटियो बिजुली !
Sarbottam CementSarbottam Cement

पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहानै गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदियो । महसुल नतिरेको ६० दिनभन्दा बढी भइसकेपछि प्राधिकरणले बिजुली आपूर्ति हुन दिएन ।

तर, मन्त्रालयलाई भने त्यसको असर परेन । दिनभर नियमित दिन झैँ काम भइरह्यो । मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ । त्यसकारण एक फेजको लाइन काटिए पनि अर्को फेजबाट आपूर्ति भएको जानकारी मन्त्रालयले दियो ।

तर, प्राधिकरणले सोलारले काम गरेको र सोलारको क्षमता सकिएपछि विद्युत् आपूर्ति ठप्प हुने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयको माथि सोलार प्यानल राखिएको छ । सोही प्यानलबाट सौर्य उत्पादित सौर्य ऊर्जाको आपूर्तिका कारण मन्त्रालयले नै लाइन काटिएको थाहा नपाएको हो ।

पोखरा वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहका अनुसार मन्त्रालयले २७ हजार ६५ रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

Global Ime bank

“मन्त्रालयको धेरै बक्यौता थिएन । तर, ६० दिन काटिसकेको थियो । त्यसपछि हामीले बिजुली लाइन काटिदिएका हौँ । मन्त्रालयको माथि सोलार छ, विद्युत्‌को लाइन नभए पनि सस्टेन गर्न सक्छ । तर, उनीहरूलाई लाइन काटिएको थाहा छैन होला । सोलारले जबसम्म धान्छ, धान्छ । त्यसपछि थाहा पाउँछन्,” उनले भने ।

यता, मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले भने मन्त्रालयमा कहीँ समस्या नभएको दाबी गरे । “म कार्यालय नपुग्दै आएर गएछन्, यहाँ सर्भिस डिस्टर्ब छैन । मन्त्रालयदेखि क्वार्टरसम्म चलिरहेको छ,” उनले भने ।

प्राधिकरणको लेखा शाखाले प्रयोग नभएको फेजमा बक्यौता देखिएको बताएको उनले बताए । मन्त्रालयले मन्त्री क्वार्टर, सचिव क्वार्टर र मन्त्रालयको महसुल तिर्ने गर्छ ।

“हाम्रोमा दुईवटा फेज छ । तीन फेजमा गएपछि हामीले दुई फेज डिस्कनेक्ट गरेका थिएनौँ, त्यसकै बाँकी रहेछ,” पौडेलले भने ।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र गतिमा अघि बढाएको छ ।

केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कास्की कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ । 

केन्द्रले शनिबार पनि ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १०७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले पाँच लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुन: जोडिएको छ ।

केन्द्रले अहिलेसम्म गण्डकी प्रदेशको महसुल नबुझाउने सबै सरकारी कार्यालयको लाइन काटी कारबाही गरिसकेको छ । नेपालमा विद्युत् सेवा उपभोग गर्ने सर्वसाधारणले ६० दिनभन्दा बढी महसुल बक्यौता राख्ना साथ लाइन काटिने गरेको भए पनि सरकारकै कार्यालयहरूले भने लामो समय बक्यौता राख्ने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement