site stats
बाह्रखरी :: Baahrakhari
देश
झापा र इलाममा बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २१ वर्षीय शंकर राजवंशी छन् ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (जेठ ९) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Argakhachi Cement Island Ad

ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा झापाकै कनकाई नगरपालिका–८, लक्ष्मीपुरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाममा बलात्कार आरोपमा पक्राउ
इलाममा पनि बलाकार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४, छयारछयारेका ३२ वर्षीय गोविन्द विष्ट छन् ।

२५ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्