
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिकोत्सवको अवसरमा तीन आर्थिक पत्रकार पुरस्कृत भएका छन् । राजधानीको एभरेस्ट होटलमा शनिबार रातोपाटी डटकमका आर्थिक पत्रकार प्रयास श्रेष्ठ, केटीएम भ्वाइस डटकमका पत्रकार रोयल आचार्य र विकास न्युज डटकमका पत्रकार सन्तोष रोकाया पुरस्कृत भएका हुन् ।
एक लाख राशिको शारदादेवी÷ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका पत्रकार श्रेष्ठले प्राप्त गरेका छन् । श्रेष्ठले नेपालमा बनेको यात्री मोटरसाइकल दर्ता नभएको विषयमा समाचार सम्प्रेषण गरेका थिए ।
स्वदेशी उत्पादन यात्रीलाई राज्यले प्रोत्साहन नगरेको मर्मसहित सम्प्रेषित समाचारले नेपालमा व्यावसायिक वातावरण निर्माण तथा नयाँ व्यवसाय सञ्चालनका सम्बन्धमा देखिएका नीतिगत विषयलाई सम्बोधन गरेका पुरस्कार छनोट समितिको ठहर छ ।
राशिको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिकता पुरस्कार केटीएम भ्वाइसका आचार्य र सिबिफिन–नाफिज आर्थिक पुरस्कार विकासन्युज डटकमका रोकायालाई प्रदान गरिएको छ ।
पत्रकार आचार्यले सुपर लघुवित्त घोटाला प्रकरणको उजागर गरेका थिए भने रोकायाले भारतीय रुपैयाँले सीमापार व्यापार र अर्थतन्त्रमा पारेको प्रभावको विषयमा समाचार लेखेका थिए ।