खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । नेपालले १०औँ ओभरको चौथो बलमा दोस्रो विकेट लिएको हो ।
नेपालका गुल्सन झाले ओमानका अकिब इल्यासलाई सन्दीप जोराबाट क्याच गराए । ओमानका निम्ति इल्यासले ३३ रन थपे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको छ । जारी खेलको १० ओभर सकिँदा ओमानले दुई विकेट गुमाएर ९७ रन बनाएको छ ।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १३:३६
प्रतिक्रिया दिनुहोस्