site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले भूकम्प प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने 

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने भएको छ । 

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नियमानुसार खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

“राहत र उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमाअनुसार दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय भएको छ,” सरकारकी प्रवक्ता समेत रहेकी शर्माले जानकारी दिइन् । 

त्यस्तै, बैठकले अन्तर्राष्ट्रिय संघसंस्थाबाट आएको राहत सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्