site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमसीसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता
फाइल तस्बिर

वासिंटन डिसी । अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले एमसीसी परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् ।

आज परराष्ट्रमन्त्री साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वासिंटन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Dabur Nepal
NIC Asia

एमसीसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसीसीका अधिकारीसँग छलफल भएको वासिंटनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीहरुलगायत एमसीसीका उपाध्यक्ष  जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सन उपस्थित थिए ।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । ५० करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro