site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाबाट पास भयो राष्ट्रिय मर्यादासम्बन्धी विधेयक
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रियसभा बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ लाई पास गरेको छ । मंगलबार बसेको सभाको दोस्रो बैठकले विधेयक सर्वसम्मतले पास गरेको हो । अब यो विधेयक छलफलका लागि प्रतिनिधिसभामा जानेछ ।

यो विधेयक २०७९ चैत १२ मा राष्ट्रियसभामा दर्ता भएको थियो । सोही दिन विधेयकमाथि सामान्य छलफल भएको थियो । विधेयकलाई विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि चैत १६ गते पठाइएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिले सोमबार छलफलपश्चात् प्रतिवेदन बनाएर पारित गरेको थियो । मंगलबार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा समितिको प्रतिवेदनसहित विधेयक पेस गरिएको थियो । १६ मिनेटपश्चात् बसेको दोस्रो बैठकले विधेयकलाई पास गरेको हो ।

“सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू अन्तर्सम्बन्धित भएको र यससम्बन्धी प्रबन्धहरू विभिन्न फरक स्रोतहरूमा छरिएर रहेको (निर्देशिका, गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचना, नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय आदि) र कतिपय विषयवस्तुमा अन्योलता समेत पाइने गरेको परिप्रेक्ष्यमा यी विषयहरूलाई ऐनद्वारा नै प्रबन्ध गरिँदा व्यवस्थित हुने देखिएकोले यो विधेयक पेस गरिएको छ,” विधेयकको उद्देश्यमा लेखिएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro