site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संकटको सामना गर्न ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ : गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र अरू विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको विश्व संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिने बताएका छन् ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उनले दिगो विकास लक्ष्य कार्यक्रम र जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका निम्ति दीर्घकालीन कोष बनाएर कम्तीमा पाँच खर्ब रुपैयाँ प्रतिवर्ष वितरण गर्ने आफ्नो प्रस्ताव रहेको सुनाए ।

Dabur Nepal
NIC Asia

“सदस्य राष्ट्रहरूले गत महिनाको महासभा बैठकमा यो प्रस्तावलाई स्वागत गरेका छन् र यसलाई अगाडि बढाउन प्रतिबद्धता पनि जनाएका छन्,” उनले भने ।

महासचिव गुटेरेसले ढिलाइ नगरी जलवायुमा काम गर्न विश्व समुदायलाई आग्रह गरे । उनले विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशले काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालको चारदिने भ्रमणको सिलसिलामा गएको आइतबार गुटेरेस काठमाडौं आएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro