site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालस्थित राष्ट्रसंघ कार्यालयअगाडि प्रदर्शन

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजमा आबद्ध व्यक्तिले मंगलबार नेपालस्थित राष्ट्रसंघ कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

आतंकवाद र युद्धविरुद्ध अभियानका क्रममा राष्ट्रसंघको कार्यालय पुल्चोकअगाडि आधा घण्टा प्रदर्शन गरिएको समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

“युद्धग्रस्त गाजामा नागरिकहरूको जीवनरक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपीन जोशीलगायत सबै बन्धकहरूको शीघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन भएको हो,” विज्ञप्तिमा भनिएको छ ।

समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतंक र इजरायलको बर्बरता दुवै विश्व शान्तिका निम्ति खतरा भएको समाजले जनाएको छ ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापतिहरू होमकान्त चौलागाईं  र डा. गंगाधर अधिकारी, महासचिव रेनुका पौडेललगायत व्यक्तिको उपस्थिति थियो ।

सोही क्रममा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघको कार्यालयका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै, द्वन्द्वपीडित समुदायका तर्फबाट पनि न्यायका निम्ति ध्यानाकर्षण गराइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro