site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघका महासचिवले सम्बोधन गर्ने संसद् बैठकको तयारी कस्तो छ ?

काठमाडौं । संघीय संसद् सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकको तयारी तीव्र पारेको छ ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले भोलि अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । यसका लागि अन्तिम चरणको काम भइरहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

"तयारी अन्तिम चरणमा पुगिसकेको अवस्था छ । अधिवेशन चलिरहेको अवस्था भएकाले सबै सिस्टमहरू रिचेक (पुन: जाँच) गर्ने काम भएको छ । अन्य व्यवस्थापनका कामहरू पनि आवश्यकता अनुसार भइरहेका छन् । भोलि १० बजेसम्म सबै, जे–जे गर्नुपर्ने हो, खासगरी साजसज्जालगायतका सबै काम सकिन्छ ।"

उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने जानकारी दिए । बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने गिरीले बताए ।

प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद् बैठकमै तत्कालै अनुवाद गर्न सक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिए ।

"संसद्‌‌मा रोस्टमबाट बोलेको कुरो संसद्‌मा त्यहीँ अगाडि नै रोस्टममा बसेर अनुवाद गरेर अगाडि जान सक्ने अवस्था देखिन्न । अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास भइरहेको छ । उत्तम विकल्प के हुन सक्छ भनेर छलफल भइरहेको छ । निष्कर्षमा पुगिसकिएको छैन," उनले भने ।

उनले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro