site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गुटेरेसको पोखरा भ्रमण : अन्नपूर्ण आधारशिविरको अवलोकन, फिस्टेलमा बास

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार (आज) पोखरा आउँदै छन् । उनको भ्रमण तालिका तय भइसकेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सोमबार महासचिव गुटेरेस पोखरामा नै रहनेछन् । सोमबार उनले पोखराकै फिस्टेल लजमा रात बिताउनेछन् ।

उनी मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाने कार्यक्रम छ । गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पारिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

महासचिव गुटेरेस अन्नपूर्ण आधारशिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रूपमा चर्चित अन्नपूर्णको आधारशिविरमा राष्ट्रसंघका महासचिव आउन लागेको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताए ।

स्थानीयले गुटेरेसको स्वागतको भव्य तयारी गरेका छन् । जनप्रतिनिधिलगायत अगुवा सोमबार दिउँसोसम्म सो आधारशिविरमा पुग्ने तयारीमा छन् । अन्नपूर्ण आधारशिविरमा सबै व्यवस्थापनको जिम्मेवारी छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।

गुटेरेस केही समय बेसक्याम्पमा रहनेछन् । स्थानीयसँग भलाकुसारी गर्ने कार्यक्रम छ । उनलाई अन्नपूर्ण बेसक्याम्पको फोटो फ्रेममा हालेर कोसेली स्वरूप दिन लागिएको गुरुङले बताए ।

गुटेरेस त्यहाँबाट पोखराको पुरानो विमानस्थलमा फर्कने र पत्रकार सम्मेलन गर्ने भ्रमण तालिका छ ।

चार वर्षअगाडि ०७६ साल कात्तिकमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमण गरेका थिए । उनले फेवातालमा डुंगा सयर गरे, रुपाकोट रिसोर्टबाट हिमाल र पोखरालाई हेरे ।

त्यति बेला उनी पोखराको प्राकृतिक सुन्दरतासँग मोहित भएर आफ्नो देश फर्किएका थिए । विदेशी भीभीआईपीका रूपमा बंगलादेशी राष्ट्रपति पोखरा आएको चार वर्षपछि गुटेरेसको भ्रमण हुन लागेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro