site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गुटेरेसलाई देउवाको आश्वासन– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै पारित गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‌बाटै छिट्टै पारित गर्ने बताएका छन् । 

देउवाले आइतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा देउवाले संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसद्‌‌‌बाट छिट्टै पारित गराउने बताएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी सभपति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका थिए । गुटेरेसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताएको पनि कानुनमन्त्री गुरुङले बताए ।

देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको असरको कारण सुक्दा भारत, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देशहरू मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरूको पूरा साथ रहने बताएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्