site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गुटेरेसको अगाडि देउवाले गरे राष्ट्रसंघको प्रशंसा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको जानकारी दिएको छ । 

पार्टी मुख्यसचिव कृष्ण पौडेलका अनुसार पार्टी सभापति सभापति शेरबहादुर देउवा र महासचिव गुटेरेसबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा आज सवा ३ बजे भएको भेटमा देउवाले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सभापति र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको थियो । नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाप्रति सभापति देउवाले प्रशंसा गर्नुका साथै जलवायु परिवर्तनले नेपाल जस्तो अल्पविकसित मुलुकलाई पारेको गहिरो असर बारे अवगत गराउनुभयो,” विज्ञप्तिमा लेखिएको छ, “शान्ति प्रक्रियाबारे महासचिवले देखाउनुभएको चासो र सफल अभ्यासको कामनाप्रति सभापति देउवाले शान्ति प्रक्रियामा विगत लामो समयदेखि काम भइरहेको र केही बाँकी कामहरूका सन्दर्भमा विभिन्न पक्ष एवं सरोकारवालाहरूसँग साझा सहमति र समन्वय गरी चाँडै शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउने धारणा व्यक्त गर्नुभयो ।”

गुटेरेस चारदिने भ्रमणका लागि नेपाल आएका हुन् । उनी आइतबार बिहान नेपाल आइपुगेका हुन् ।

NC-1698580581.png

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्