site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गुटेरेसलाई कोइरालाको आग्रह– जलवायु परिवर्तनले हामी समस्यामा छौँ, आवाज उठाइदिनुप‍र्‍यो

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन् । आइतबार उनले सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, कानुनमन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङ, परराष्ट्रमन्त्रीसमेत रहेका नेता एनपी साउदसँग भेटर्वाता गरेका हुन् ।

गुटेरेससँगको भेटका क्रममा कांग्रेस नेता कोइरालाले जलवायु परिवर्तनले नेपालीहरू एकदमै संकटमा परेको बताएका थिए । कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार भेटमा कोइरालाले महासचिव गुटेरेसलाई एभरेस्ट बेस क्याम्प जाँदा त्यहाँ जलवायु परिवर्तनले नेपालीलाई पारेको असरको सुक्ष्म अध्ययन गरेर विश्व मञ्चमा आवाज उठाइदिन अनुरोध गरेका छन् ।

“तपाईं एभरेस्ट बेस क्याम्प जाँदै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईं पहिले पनि त्यहाँ गइसक्नुभएको छ । पहिलेको तुलनामा अहिले जलवायु परिवर्तनको असर धेरै परेको छ । नेपालीहरू कति संकटमा छन्, कति समस्या भोगिरहेका छन् भन्ने त्यहाँ पुगेर तपाईंले महसुस गर्नुहुन्छ । विश्व मञ्चमा यो आवाज तपाईंले उठाइदिनुपर्छ भन्नुभयो,” कोइरालाको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो ।

चारदिने भ्रमणका लागि महासचिव गुटेरेस आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले राष्ट्रपति, प्रधानमन्त्रीसहित नेताहरूसँग भेटवार्ता गरिरहेका छन् ।

महासचिव गुटेरेसले मंगलबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro