site stats
बाह्रखरी :: Baahrakhari
देश
आफूलाई ईसेवाको कर्मचारी बताएर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । आफूलाई ईसेवाको कर्मचारी बताएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर १५ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नं. ५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा, २० वर्षीय अभय कुमार यादव र रौतहटकै गढिमाई नगरपालिका वडा नं. ६ का १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार उनीहरूले पीडितलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरेर आफू ईसेवाको आधिकारिक कर्मचारी बताउँथे । त्यसपछि ईसेवा आईडी बैंक खातासँग लिङ्क गर्न तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट गर्न, स्टेटमेन्ट भेरिफाई, सुरक्षिक कारोबार शुल्क नलाग्ने, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराउने आश्वासन दिएर पीडितहरूबाट ओटीपी कोड माग्थे । त्यसपछि ईसेवाका सेवाग्राहीहरूकै वालेट आईडी तथा लिङ्क अप गरिएका बैंक खातामा समेत अनाधिकृत पहुँच बनाएर खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर गर्थे ।

त्यसरी उनीहरूले १८ जना पीडितलाई १५ लाख २० हजार ९०० रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई रौतहटका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्