site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोबाइलको विषयलाई लिएर साथीको ‘हत्या’ 
फाइल तस्बिर ।

काठमाडौं । साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

धनुषाकै औरही गाउँपालिका–६, चक्करटोल घर भई जनकपुरधाम–२४, बसहियामा बस्दै आएका पवन सहनी र जनकपुरधाम–२४, मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही कात्तिक १० गते इस्कन मन्दिरनजिक धान खेतमा महराको शव भेटिएको थियो । हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

सीमापारिबाट प्रतिबन्धित लागुऔषध सेवन गरी आएका तीनजनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएको थियो । त्यसक्रममा हरिचनले रुपेशको टाउकामा पछाडिबाट भाटाले प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

रुपेशले प्रयोग गरेको साइकल, मोबाइल सेट, हरिचनको टिसर्ट, बाँसको भाटा, पवनको मोबाइल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro