site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई तेस्रो सफलता, गुल्सनले लिए दोस्रो विकेट

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाललाई गुल्सन झाले तेस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याइरहेको यूएईका आसिफ खानलाई गुल्सनले अभिनाश बोहराबाट क्याच गराए ।

आसिफले सात रन जोडे । गुल्सनले यसअघि यूएईका कप्तान मुहम्मद वसिमलाई आउट गराएका थिए ।

जारी खेलको ११ ओभर समाप्त हुँदा यूएईले तीन विकेट गुमाएर ९४ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro